Home राजनीति प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

5
0

काठमाडौं- नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने पक्का भएको छ ।

नयाँ सत्ता समीकरणमा रहेका एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग २१, जनता समाजवादी पार्टी (जसपा) सँग १२ र एकीकृत समाजवादीसँग १० सिट रहेको छ । यि दलहरुको सांसद संख्या १५३ पुगेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् । चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे पनि जनता समाजवादी पार्टी बिस्तारित मन्त्रिपरिषदमा सहभागी भइसकेको छैन ।

तर ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । गत वर्षको पुस १० को समीकरणमा रहेका राप्रपाको ठाउँमा यसपटक एकीकृत समाजवादी प्रवेश गरेको छ ।

यसअघि सरकारमै रहेका जनमत, नाउपा र लोसपाले भने अहिलेसम्म कुनै प्रष्ट निर्णय गरिसकेका छैनन् । सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्‍मा चार जना महिला मन्त्री बन्नुभएको छ ।

एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक-एक जना महिलाले मन्त्री बन्ने अवसर पाउनुभएको हो । २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ ।

तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ । एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ ।

माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई मन्‍त्रालय पाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleछिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध: उपप्रधानमन्त्री श्रेष्ठ
Next articleअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विकास बोर्डद्धारा ७ जना सम्मानीत