अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विकास बोर्डद्धारा ७ जना सम्मानीत

काठमाडौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको हात बाट सम्मान प्रदान गरिएको छ ।
अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, चलचित्र पत्रकार शारदा थापालाई जनही नगद राशि पच्चीस हजारसहित प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रममा मन्त्री शर्माले फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरिन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने पनि मन्त्री शर्माले बताईन् ।
कार्यक्रममा चलचित्रमा नारी विषयमा दुईवटासंवादगरि अनुभव आदान प्रदान गरिएको थियो । पहिलो संवाद महिला सशक्तिकरणमा महिला चलचित्रकर्मीको भुमिका, ‘हिजोआज र भोली’ विषयमा गरिएको थियो । पहिलो संवादमा चलचित्रकर्मी गौरी मल्ल, झरना थापा, केकी अधिकारी, निर्देशक रक्षासिंह राणा रहेका थिए भने शारदा थापाले सहजिकरण गरेकी थिइन् । यसैगरि अर्को संवाद नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती विषयमा गरिएको थियो । संवादमा प्रथम अभिनेत्री भुवन चन्द, करिस्मा मानन्धर र कलाकार सिल्पा मास्के, सहितको प्यानल डिस्कशन गरिएको थियो।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार मन्त्री शर्मालाई दोस्रो कार्यकालको पहिलो कार्यक्रममा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मन्त्रीज्युसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौँ । उहाँनै पुनः मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको छ । हाम्रो कार्ययोजनाले छिटै मुर्तरुप पाउनेछन्’, अध्यक्ष केसीले भने । मन्त्री शर्मा सपथ ग्रहण लगत्तै कार्यक्रममा सहभागी भएकी थिइन्।
बुधबार चाबहिलस्थित चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामहरी सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिश्मा मानन्धर, चलचित्र निर्देशक रक्षा सिंह राणा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी लगायत सहभागी थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








