सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु

सुर्खेत। ‘कर्णाली चलचित्र कार्यशाला २०८०’ को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चापागाईंले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताए । उनले भने ‘चलचित्र समाजको ऐना भएको हुँदा यस्ले साँस्कृति सन्देशको माध्यम हो । यस्कालागि वडा कार्यालय सहयोगका लागि सँधै तयार रहेको छ ।’
आयोजक केवी इन्टरटेनमेण्ट एण्ड ग्रुपका भूपेन्द्र खड्काले कर्णालीमा कला सँस्कृति जोगाउन समस्या रहेको बताउँदै यो कार्यशालाले स्थानीय कलाकारमा निखारता ल्याउने जिकिर गर्नुभयो । कार्यक्रममा संगितकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालले आफ्नो अनुभव सुनाए । कार्यशाला ७ दिन सम्म चल्ने कार्यक्रमका सहजीकरण गर्नुभएका कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले जानकारी दिए ।
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहनेछ । यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिनेछन् । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धि विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण यो कार्यशालामा रहेको छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशन सम्बन्धि विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
समाचार२०८२ असार २२, आईतवार २०:४९धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण
समाचार२०८२ असार २२, आईतवार १९:३८राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा