वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।
नेपालविरुद्ध घरेलु मैदान मोङकोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।
नेपालले टस जिती पहिले फिल्डिङको निणर्य लिएको थियो । त्यसपछि ब्याटिङमा ओर्लिएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको थियो । केही समयपछि खेल फेरि सुरु भए पनि आठ ओभरमा पुनः वर्षा सुरु भएको थियो । त्यतिबेला हङकङले दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन सकेन र अनिणर्ित रुपमा सकियो ।
हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १७:१४बालबालिकाको निःशुल्क मुटु परीक्षण « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक २९, शुक्रबार १६:४४मतदाता नामावली दर्ताको अवधि थप गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १४:४७फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै, पहिलो गीत बालेन शाहको युट्युबमार्फत सार्वजनिक हुँदै
समाचार२०८२ कार्तिक २९, शुक्रबार १३:१०धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न







