देउखुरीको कठबेरुवामा प्रदेश स्तरीय होमस्टे सम्मेलन हुँदै

लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन दाङको देउखुरीको कठबेरुवामा सुरु हुँदैछ । आज, भोली र पर्सि तीन दिन प्रदेश स्तरीय होमस्टे सम्मेलन हुन थालेको हो । होमस्टे महासंघ लुम्बिनी प्रदेशले लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो ।
राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु भेला हुने, बैठक बस्ने, औपचारीक रुपमा सम्मेलनको उद्घाटन गर्ने र कठबेरुवा घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको होमस्टे महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तीलकराज थारुले जानकारी दिनुभयो ।
सातवटै प्रदेशमा प्रदेश समिति, जिल्ला समन्वय समिति, पालिका स्तरीय समिति गठन गरिएको छ । नेपालको ७७ जिल्लामा होमस्टे सेवालाई थप प्रभावकारी बनाउन संस्थागत सुदृधिकरण, सामुदायिक तथा निजी होमस्टेहरुको क्षमता विकास, प्रचारप्रसार तथा बजारिकरण, आधारभुत पुर्वाधार विकासका सवालमा सहयोग पुग्ने उद्देश्यका साथ होमस्टे मेला, महोत्सव तथा सम्मेलन गरिदै आएको होमस्टे महासंघका केन्द्रिय महासचिव कृष्ण थारुले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा १० वटा निजी र ४२ वटा समुदायिक गरी ५२ वटा होमस्टे सञ्चालनमा छन् । दाङ जिल्लामा १४ स्थानमा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन् । दाङ जिल्लामा रहेका होमस्टेहरुलाई बिशेष प्राथमिकतामा राखेर मौलिककला, ज्ञान र शिपलाई विश्व बजारसम्म पुर्याउने र मौलिक कला, ज्ञान र शिपलाई आयआर्जनसँग जोड्न प्रदेश भरी रहेका होमस्टेहरुको जमघट गरी सिक्ने र सिकाउने थलोकोरुपमा सम्मेलन हुनगइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाल सरकारले जारी गरिएको होमस्टे (घरवास) सञ्चालन तथा ब्यवस्थापन कार्यविधि २०६७, प्रदेश सरकार तथा स्थानीयतहले तयार पारेका होमस्टे कार्यविधिहरू समेतलाई आधार मानेर नेपालको धार्मिक, साँस्कृतिक, प्राकृतिक र जैविक विविधता एवं ऐतिहासिक सम्पदाहरूको संरक्षण, उजागरण, सम्बर्द्धन गर्दै ग्रामीण एवं शहरी क्षेत्रको पर्यटन विकास गर्न होमस्टेको अवधारणा लागु गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १०, बिहीबार १०:४५सरकारलाई पूर्वस्वास्थ्यमन्त्री पौडेलकाे सुझाव:’ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं’








