नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज

पर्वत । दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ ।
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ ।
दैनिकजसो सयौँ बिरामी उपचारका लागि आउने अस्पतालमा फोहरको मात्रा समेत अत्यधिक हुने गरेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।
विसं २०४६ मा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रहेकोमा अहिले ‘अटो क्लेप्स’ मेशिनमार्फत व्यवस्थापन गर्न थालेपछि सङ्क्रमण फैलिने र दुर्गन्ध फैलिने दुवै समस्या हटेको उहाँले बताउनुभयो । फोहर जलाउँदा निस्केको धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी मात्र हैन आसपासको बस्तीका बासिन्दालाई पनि प्रत्यक्ष असर गर्ने गरेको थियो ।
स्वास्थ्य संस्थाबाटनै उत्सर्जन भएको धुवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धुवाँ विस्थापन गरेको अध्यक्ष गिरीले बताए । अस्पतालले रु १० लाखको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको हो ।
बस्तीभरि दुर्गन्ध फैलिएपछि स्थानीयवासीले आन्दोलननै गरेका थिए । धुवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएकोलगायतका समस्या भएपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो । सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताए ।
नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहरलाई नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणु हावा र पानीमा फैलिने जोखिम समेत रहेको थियो । यस्तो फोहरले धेरैलाई सङ्क्रमित गर्ने वा स्वास्थ्यमा हानी पु¥याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएकामा अहिले स्वास्थ्यमा असर नगर्ने खालका फोहर पदार्थ मात्रै नगरपालिकाको सवारीले उठाउने गरेको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले फोहरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहरलाई सुरक्षित तवरले अस्पतालमै नष्ट गरिने र सामान्य खालका फोहरलाई नगरपालिकाको सवारीमा पठाउने गरिएको बताए । फोहरलाई ‘अटो क्लेप्स’ मेशिनमा राखेपछि कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ । यसरी निर्मलीकरण गरिएको फोहर निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको उनको भनाइ छ ।
अस्पताल परिसरभित्रै व्यवस्थित फोहर व्यवस्थापन कक्ष स्थापना गरेर वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरिएकाले अहिले स्वास्थ्यकर्मी, बिरामी र समुदाय तथा आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको डा बास्तोलाले बताए।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने