Home समाचार बागबानी अनुसन्धान केन्द्र, मालेपाटनबाट विकसित प्रविधिहरु

बागबानी अनुसन्धान केन्द्र, मालेपाटनबाट विकसित प्रविधिहरु

73
0

बागबानी अनुसन्धान केन्द्र, मालेपाटन वि.स. २०१८ सालमा भारतीय सहयोग नियोगबाट स्थापना भएको हो । शुरुवातमा यसलाई सुन्तालाजात फलफुल अनुसन्धान केन्द्रको रुपमा स्थापना गरिएको  थियो । नेपाल कृषि अनुसन्धान परिषदको गठन पश्चात गण्डकी प्रदेशमा केन्द्रलाई बागवानी विषयमा  अनुसन्धान एवं विकास गर्ने उद्देश्यसाथ संचालन गरिएको छ ।

     हाल केन्द्रले संचालन गरिरहेको विषयगत कार्य क्षेत्रहरु

  • तरकारी वालीमा अध्ययन अनुसन्धान
  • आलु अनुसन्धान
  • फलफूलमा अध्ययन अनुसन्धान
  • कफीमा अध्ययन अनुसन्धान
  • श्रोत बीउ उत्पादन

केन्द्र भित्र गरिएका अनुसन्धानलाई कृषकको सहभागितामा वाह्य अनुसन्धान स्थलमा पुन प्रमाणिकरण गरि कृषकलाई सिफारिश गर्ने कार्य केन्द्रको महत्वपुर्ण कार्य हो । यी कार्यहरु वाह्य अनुसन्धान स्थलबाट कृषकहरुको सहभागिता गर्ने गरिन्छ । वाह्य अनुसन्धान स्थल अनुसन्धान, प्रसार र कृषक विच सहकार्य एक उपयुक्त स्थान हो जहां कृषकहरुले आफु अनुकुलका कृषि प्रविधि उत्पादन र प्रमाणिकरणमा आफ्नै संलग्नतामा गर्न सक्छन् । हाल यस केन्द्र अन्तरगत निम्न स्थानहरुमा वाह्य अनुसन्धान स्थलहरु संचालित छन् ।

  • पोखरा-१६,अर्मला, कास्की
  • गल्याङ-३, टकुन्चौर, स्याङजा्

यस केन्द्रलेविकास गरेका प्रविधीहरु

  • हिउँदेसिमीको जात विकास

हालसालै बागवानी अनुसन्धान केन्द्र, मालेपाटनले २ वटा लहरे प्रकृतिका जात विकास तथा सिफारिस गरेको छ ।

मालेपाटन हिउँदे सिमी -१: लहरे प्रकृतिको मध्यम किसिमको खुला सेचन हुने जात हो ।कोसाको लम्बाई ९-११ से.मि. तथा चौडाई ४ से.मि. हुन्छ ।कोसा फराकिलो किसिमको, हरियो रङ्ग को हुन्छ। बीउ खैरो रङ्गको विचमा सेतो धर्सो हुन्छ ।११० देखि १२० दिनमा ५० प्रतिशत फुल फुल्ने, सेतो रङको फूल, बीउ रोपेको १४०-१५० दिनमा बाली लिन सकिन्छ ।४ महिनाको उत्पादन अवधि, १०-१२ पटक सम्म कोसा टिप्न सकिने ।प्रति हेक्टर  २५-३० टन ताजा हरियो कोसा उत्पादन हुन्छ ।सिन्दुरे रोग प्रतिरोधी तथा लाही किराको प्रकोप कम हुन्छ ।गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका समुन्द्री सतह देखि १२५० मिटर उचाई सम्मका भूभागहरुमा लगाउन सकिने ।

मालेपाटन हिउँदे सिमी -२: लहरे प्रकृतिको मध्यम किसिमको खुला सेचन हुने जात हो ।कोसाको लम्बाई ५.५ से.मि. तथा चौडाई १.५ से.मि. हुन्छ ।कोसा हल्का च्याप्टो किसिमको, प्याजी रङ्ग, केराउको कोसा जस्तो हुन्छ।बीउ कालो खैरो रङ्गको, विचमा सेतो धर्सो हुन्छ ।१०० देखि ११० दिनमा ५० प्रतिशत फुल फुल्ने, प्याजी रङको फूल, बीउ रोपेको १३५-१४५ दिनमा बाली लिन सकिन्छ ।४ महिनाको उत्पादन अवधि, १२-१५ पटक सम्म कोसा टिप्न सकिने ।प्रति हेक्टर १५-२० टन ताजा कोसा उत्पादन हुन्छ ।गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका समुन्द्री सतह देखि १२५० मिटर उचाई सम्मका भूभागहरुमालगाउन सकिने।

मालेपाटन हिउँदे सिमी-१मालेपाटन हिउँदे सिमी-२
  • रायो सागको जात विकास

यो खुला सेचित अगौटे जात हो, पात गाढा हरियो, हरियो डाँठ र पातमा वैजनी रङ्का नसा हुन्छन् ।  पातको तह (Leaflamina) अर्ध चन्द्राकार हुँदै माथी तिर दोब्रिएको र पातको टुप्पो सिधा परेको हुन्छ । पात नरम र किनारा हल्का दाँती परेको हुन्छ । पहेलो रङ्को फुल, ६ वटा पुंकेसर, एउटा स्त्रिकेशर, पूर्ण फुल, परसेचित स्वभाव भएपनि यसमा प्रशस्त स्वयं सेचन हुन्छ । सुक्नु पुर्व कोसाको रङ्ग हरियो तथा सिधा आकारको हुन्छ । बीउको आकार गोलो तथा रङ्ग खैरो रातो हुन्छ । हजार दाना बीउको तौल १.३९ ग्राम सम्म हुन्छ ।

ताजा तरकारी खानको लागि बेमौसमी उत्पादनको सन्दर्भमा जसलाई जरासँगै उखेलेर बजार लगिन्छ, बीउ छरेको ३५-४० दिनमा तयार हुन्छ । हिउँद महिनामा हरियो पात उत्पादनको लागि बेर्ना रोपेको ३०-३५ दिनमा, ३-५ पटक टिप्न सकिन्छ । यस अवस्थामा पात ३५-४० से.मी.लामा, १८-२० से.मी. चौडा र बोटको उचाई ४०-४५ से.मि. हुन्छ । 

बीउ छरेको करिव ८०-८५ दिनमा फुल फुल्छ र बीउ बाली तयार हुन १८०-१९० दिन लाग्छ । बीउ पाक्ने समयमा विरुवा १४०-१७० से.मी. सम्म अग्ला हुन्छन् । एउटा कोसामा १७-२१ वटा बीउ हुन्छन् ।१५००-१८०० के.जी. हरियो पात प्रति रोपनी उत्पादन हुन्छ । बेमौसमी उत्पादनको सन्दर्भमा जरा सहित बोट उखेल्नुपर्छ, जसको उत्पादन ५००-६०० के.जी. प्रति रोपनी हुन्छ ।

मनकामना रायो  
  • प्राकृतिक वातानुकुलित प्लास्टिकघर भित्र उचितबालीचक्रकोविकास
  • आलु अनुसन्धान
  • एकिकृत झार व्यवस्थापन अध्ययनको नतिजा अनुसार कालो प्लाष्टिक सिटले ढाकीएको प्लटमा सबै भन्दा बढी उत्पादन (४५.९ टन/हें) पाइयो भने त्यस पछि दोस्रो बढी उत्पादनका रुपमा विषादी पाराक्वाट स्प्रे प्लटमा र धानको परालले छोपेको प्लटमा (३७.८ टन÷ हें) पाइयो । यसै गरि सबै भन्दा वढी झार नियन्त्रणको प्रभावकारीता (९२%) लागि भने झारनासक विषादी मेट्रीव्युजीन प्रयोगका साथ ४५ दिनमा १ पटक झार निकाली माटो चढांउदा पाइयो ।
  • चिप्सको लागि उपयुक्त जातहरूः “खुमलउपहार”, “खुमल उज्वल”, “खुमल सेतो”, “खुमल विकास”आदि।बिभिन्नजातहरूमध्य“खुमलउज्वल”कोचिप्सस्वादमाउत्कृष्टररङ्माआर्कषकपाइयो।
  • मालेपाटन १ बोडीको जात विकास:
  • खुला सेचन हुने जात । कम रेसा र भएको रेसा पनि नरम हुने, थाँक्रो दिनुनपर्ने होचो बोट ।
  • कोसाको लम्बाई २१-२५ से.मि.सम्म हुन्छ ।
  • कोसा हल्का हरियो र बीउ खैरो रङ् को हुन्छ ।
  • उत्पादन ५.८-१०.६२ टन/हेक्टर (ताजा कोसा) र बीउ ८००-१००० के.जी./हे ।
  • ३०० देखि ९६० मिटर उचाइ सम्मका सिंचित खेत, बारी र टार क्षेत्रको लागि सिफारीस गरिएको छ ।
  • ताजा तरकारी उत्पादनको लागि फागुनको मध्य देखि भदौको मध्यसम्म बीउ छर्न सकिन्छ । तर असार साउनमा  रोप्दा बोट सानो हुने , लहरा जाने र कोसा कम लाग्ने हुन्छ ।
मालेपाटन १ बोडी
  • गोलभेंडामा कलमी प्रविधिः

प्लास्टिक घर भित्र गरिने गोलभेंडा खेतीमा गोलभेंडाका जरामा गांठा बनाउने जुका (निमाटोड) वाट उत्पादनमा भईरहेको क्षति न्यूनिकरण गर्ने उद्देश्य साथ गोलभेंडामा कलमी प्रविधिको विकास गरिएको छ । कलमी गर्न प्रयोग गरिने रुटस्टक जंगली भण्टा (सोलानम सिसिम्ब्रीफोलियम) र स्थानिय बिंही जुका अवरोधक पाइएका छन् ।

  • कफि अनुसन्धान:
यो पनि पढ्नुहोस् :  पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल

कफीमा गोठेमल १० टन र रासायनिक मल १००ः३०ः६० के.जी. नाइट्रोजन फसफोरस र पोटास मल क्रमशः प्रतिहेक्टर प्रयोग गर्दा सबै भन्दा बढी ताजा फलको उत्पादन (१३२६ के जी) प्रति हेक्टर पाइएको छ ।यो उत्पादन वोट ५ वर्ष उमेर पुगेपछि दिएको हो । उपरोक्त तथ्यांक अनुसार कफीका ४ जात मध्य टेकिसिक जातको उत्पादन सबै भन्दा बढी २७१८.५३ के.जी. प्रति हेक्टर पाइएको छ । यसै गरी प्रयोग गरेका मलहरु मध्य सबै भन्दा बढी उत्पादन तोरीको पिना प्रयोग गरेकोमा पाइएको छ । (२१८६.७८ केजी/हें)

  • कफीमा गरिएको जातिय अनुसन्धानको नतिजा अनुसार कफिको ताजा उत्पादन सबै भन्दा बढी (१२२८.४५ केजी ÷हें ) यलो कटुरावाट पाइएको छ भने त्यस पछिको बढी उत्पादन (७५८.८) सेलेक्सन १० वाट भएको छ ।
  • कफी पार्चमेन्टको गुणस्तर सुधारका लागि प्लाष्टिकको सुकाउने घरको ढांचा विकास गरिएको छ ।
  • मेकाडामिया नट खेती प्रविधि

यो फल अष्ट्रेलियाको जङ्गलमा बिषेशगरि दक्षिण-पूर्व क्विन्स्ल्याण्ड र नयाँ दक्षिणी वेल्सको जङ्गलमा उत्पत्ति भएको मानिन्छ । नेपालमा यो फल भित्रिएको बारे यकिन नभए तापनि सन् १९६२ मा त्रिसुली फार्मको स्थापना पश्चात् भित्रिएको अनुमान छ । फलको प्रयोग ताजा, भुटेर वा बिभिन्न कन्फेक्स्नरी उद्योगहरूमा गरिन्छ ।हाल आएर बागवानी अनुसन्धान केन्द्र, पोखरा र यसका आसपासका क्षेत्रमा यसको खेती बिस्तार हुने क्रममा रहेको छ । मेकाडामिया नटका धेरै प्रजातिहरू प्रकारका भएता पनि जम्मा दुई प्रकारका मात्र खान योग्य रहेका छन् । ती हुन मेकाडामिया इनटेग्रीफोलिया र मेकाडामिया टेट्रफोलिया।

हावापानी र माटो: उपोष्ण किसिमको अवाहवा भएको जङ्गलमा उत्पत्ति भएपनि यो फल उष्ण क्षेत्रहरूमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ । गर्मी समयको औसत तापक्रम २५–३२डि. से. उपयुक्त मानिन्छ । गर्मी मौसममा लगातार बढि तापक्रम (३५ डि.से. भन्दा बढि) भएमा यसमा पालुवा पलाउने र बृद्धि बिकास हुने प्रक्रियामा असर गर्दछ ।  लामो समयसम्मको तुसारो सहन सक्दैन । बार्षिक २००० मि.लि.लिटर बर्षा यसको खेतीको लागि राम्रो हुन्छ तर सुख्खा समयमा सिंचाइको ब्यवस्था हुनु पर्दछ । असिना सहन सक्ने भएकोले पोखरा आसपास र पस्चिमान्चलको पहाडी भेगका असिनाग्रस्त क्षेत्रहरूमा लगाउन पनि सकिन्छ । अत्यन्तै गह्रौं चिम्टाइलो र बढि क्षारीय माटोमा बाहेक सबै खाले माटोमा खेती गर्न सकिन्छ । प्राङ्गारिक पदार्थको मात्रा ३–४ प्रतिशत र पि.एच. मान ५–६ सम्म यस फल खेतीको लागि राम्रो मानिन्छ । बागबानी अनुसन्धान केन्द्र मालेपाटन परिसरमा यो फल निकै सन्तोषजनक पाइएको छ भने हाल आएर अधिराज्यभरिनै यसको विस्तारको क्रम दिनानुदिन बढि रहेको छ ।

जग्गाको बाँडफाँड (ले-आउट), जग्गाको तयारी र खाडल खन्ने: यदि जग्गा धेरै भिरालो छ भने त्यसलाई गह्रा वा कान्ला बनाउनु पर्दछ । तालिम तथा काँटछाँटमा बिशेष ध्यान पुर्याइ उच्च घनत्वमा पनि लगाउन सकिन्छ । सामान्यतया बिरुवाहरू ५×५ मिटरको दुरीमा लगाइन्छ । बिरुवा लगाउनु भन्दा पहिला माटोको परीक्षण गर्नु उपयुक्त हुन्छ । बिरुवा लगाउने ठाउँमा ३×३×३ फिटका खाडल खनी करिब १५ दिन जति खाडललाई घाममा छाड्ने  र पछि राम्ररी पाकेको गोबर मल ४०-५० के.जी. चुन २०० ग्राम, पीना आधा के.जी. प्रति खाडलका दरले माटोमा राम्ररी मिलाइ खाडल पुर्नु पर्दछ ।

मलखादः सामान्यतया १० बर्षसम्मको बोटलाई बर्षमा प्रति बोट ३०-४० के.जी. गोबर मल को साथ १२० ग्राम युरिया, ५० ग्राम डिएपि, ८० ग्राम म्युरिएट अफ पोटास मङ्सिर महिनामा दिनुपर्दछ ।

हावा अवरोधक बिरुवाः बिरुवा लगाउनु भन्दा अगावै चाँडो बढ्ने खालका बोटहरूलाई मेकाडामिया नटको बगैँचामा हावा छेक्ने गरी लगाउनु पर्दछ । सामान्यतया उत्तर–पश्चिममा यी हावा अवरोधक बिरुवाहरू लगाईन्छ ।

उत्पादन, फलको टिपाइ र भन्डारणः बीउबाट प्रसारण गरिएको बिरुवाले करिव ५-६ बर्षदेखि फल उत्पादन दिन शुरु गर्दछन् । असोज महिनामा बिहानको समयमा बगैचामा हेर्दा फलहरू बगैचामा झर्न थालेको देखे पछि फलहरू टिप्नको लागि तयार भएको मानिन्छ ।  पोखरा आसपासका क्षेत्रमा असोज १५ वाट फलहरू तयार हुन थाल्दछन् । भुंइबाट टिप्न सकिने फलहरू हातैले र बोट माथिका फल लठ्ठीले हानेर झारिन्छ । फल झार्न कठिन हुन्छ । टिपेका फललाई एक वा दुई दिन घाममा सुकाउनाले बोक्राले फललाई छोड्दछन् र त्यस्ता फलबाट तुरुन्तै बोक्रा हटाउनु पर्दछ । छोटो समयको भन्डारणको लागि फलको चिस्यान १० प्रतिशतमा झार्नु पर्दछ । फल सुकिसके पछि प्लास्टिकको बट्टा, ड्रम आदिमा हावा नछिर्ने गरी भन्डारण गर्न सकिन्छ । राम्ररी ब्यवस्थापन गरिएको १२-१५ बर्षको बोटबाट करिब १५-२५ किलोग्राम (बोक्रा हटाइएको) फलको उत्पादन लिन सकिन्छ ।

  • श्रोतबीउ तथा बेर्ना उत्पादन:

यस केन्द्रले बोडी (जात: मालेपाटन १), भिंडी(जात: अर्का अनामिका र पार्वती), घिउसिमी (त्रिशुली र चौमासे), पालुंगो(जात: हरिपाते), हिउँदे सिमी (जात: मालेपाटन हिउँदे सिमी-१ र मालेपाटन हिउँदे सिमी-२), मुला(जात: ४० दिने), रायो साग (जात: मनकामना रायो) को प्रजनन् तथा मूल बीउ उत्पादनगरिबीउ उत्पादकसमूह, सहकारीतथा कृषकलाई वितरण गर्दै आएको छ।त्यसै गरि मेकाडामिया नट, एभोकाड़ो, कागती, कफी, लिचीका गुणस्तरीय बेर्ना उत्पादन गरि कृषकलाई वितरण गर्दै आएको छ।साथैमौसमी तथा बेमौसमी तरकारीका बेर्ना स्थानीय कृषक कृषकलाई वितरण गर्दै आएको छ।

  • किरा व्यवस्थापन अनुसन्धान

बोडीको कोसाकोगबारो नियन्त्रण

विषादीबजारयोग्य हरियो कोसा उत्पादनमा बृद्धि (%)हरियो कोसामा कीराको क्षतिमा कमी (%)लाभ: लागत अनुपात
फ्लुबेनडाइएमाइड ३९.३५ एस.सी. @०.३ मि.लि./लि.(WHO class II)७१.८१३४.१११.९९
क्लोरएन्ट्रानिलिप्रोल १८·५ %एस.सी. @०.३ मि.लि./लि. WHO class U)४८.४७२८.९०१.८५
इमामेक्टिन बेन्जोएट५% एस.जी.  @०.३ ग्रा./लि. (WHO class II)५७.४५३०.५२२.०६
स्पिनोस्याड ४५% एस.जी.  @०.३ ग्रा./लि.(WHO class III)४५.२४१६.६९१.५६

बकुल्ला सिमीमा लाहीनियन्त्रण:

बकुल्ला सिमीमा कालो लाही देखापर्ने वित्तिकै देखि १०-१२ दिनको अन्तरमा खनिज तेल वा एजाडिराक्टिन (नीम) ०.०३% लाई ५ एमएलल प्रति लि. शुद्ध पानीका दरले ३ पटकसम्म स्प्रे गर्दा नियन्त्रणमा हुन्छ ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
Previous articleसरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ: अर्थमन्त्री पुन
Next articleदुई भाले गैँडाको आन्तरिक स्थानान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here