बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी
![बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी](https://asalkhabar.com/wp-content/uploads/2024/03/बिक्की-र-श्रृद्धाको-‘कमेडी-दरबारमा-भित्रीइन्-गौरी.jpg)
काठमाडौं । छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।
निर्देशक बिक्कीका अनुसार शोमा अभिनेत्री मल्लको शिर्ष भूमिका रहनेछ । तर कुन भूमिकामा अनुबन्ध गरियो भन्नेबारे भने खुलाएका छैनन् । सबै कलाकारको भूमिका केहिसमयपछि खुलाउने तयारी गरिएको उनले बताएका छन् । यसअघि अभिनेता बिजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन् । अन्य केही कलाकार पनि फाइनल हुने चरणमा रहेको बताइएको छ ।
निर्देशक श्रृद्धाका अनुसार शोको यतिबेला सेटको काम भइरहेको छ । उनले अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा केहि फरक गर्ने प्रयासका साथ टिम जुटेको बताएकी छिन् । यो पारिवारीक कमेडी शो हुनेछ । शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ । बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’को निर्देशन पनि गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास