चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्।
शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको थियो।
महर्जनले शर्मालाई ६० मतले पराजित गरेका हुन्। महर्जन यसअघि संघको महासचिव थिए।
अध्यक्षसँगै संघको कार्यसमिति सदस्यहरु पनि हिजै निर्वाचित भए।
संघको सदस्यहरुमा छविराज ओझा, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, प्रज्वल सम्सेर राणा, ओमप्रकाश जैशी, करण श्रेष्ठ, आशिष तामाङ, कपिलप्रसाद द्वा, गोविन्द शाही, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित भए ।
निर्वाचित १३ सदस्यहरुबाट सहमतिका आधारमा कार्य विभाजन हुनेछ ।
त्यसका लागि संघले आइतबार कार्यसमितिको बैठक राखेको छ । यो समितिले दुई वर्ष उनले संघको नेतृत्व गर्नेछ ।
यसैगरी संघले हिजो नै भएको साधारण सभामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान गरेको थियो ।
विसं २०१३ सालमा स्थापना भएको चलचित्र संघ नेपाली सिनेमा क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









