Home राजनीति आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउन देउवाको निर्देशन

17
0

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलादेबी सिंह फाउण्डेशनद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले त्यसका लागि महिला नेतृहरुले पनि प्रभावकारी भूमिका निभाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान उत्कृष्ट दस्तावेजको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पार्टीका सहमहामन्त्री डिना उपाध्याय, महिला संघका अध्यक्ष उषा राउत र फाउण्डेशनका अध्यक्ष सिर्जना सिंह लगाएतले मंगलादेवी सिंह नेपाली राजनीतिको एक मात्र नारीवादी नेता रहेको चित्रण गर्नुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित
Next articleपेट्रोलको मुल्य बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here