नेपाली पूँजी पलायन हुन दिँदैनौँ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ ।
दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिनलागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।”
मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले लगानीसँग सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको जानकारी दिनुभयो ।
लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ सङ्कल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाँझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताउनुभयो । उहाँले नेपालमा पर्यटन, उर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताउनुभयो ।
जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो । तीन तहका सरकारबीच समन्वय गरेर सङ्घीय सरकार अघि बढेको उहाँले बताउनुभयो । “उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछौँ, ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौ, स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ, सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन गर्न अधिकतम रुपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सञ्चालन गर्दैछ”, मन्त्री भण्डारीले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ









