रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रु ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।
चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु चार करोड १५ लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा रु ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिकामा छ हजार दुई सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् ।
त्यस्तै आठविसकोट नगरपालिकामा नौ हजार सात सय ३२, मुसीकोट नगरपालिका एक हजार छ सय ६०, सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ






