Home खेलकुद नेपाललाई विश्वकप प्रतियोगिता हुने मैदानमा अभ्यास गर्ने अवसर

नेपाललाई विश्वकप प्रतियोगिता हुने मैदानमा अभ्यास गर्ने अवसर

1
0

काठमाडौं, वैशाख ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि-२० विश्वकपअघि अबको तीन सातामा तयारी स्वरूप सात खेल खेल्ने भएको छ ।

विश्वकपको तयारीका लागि एक महिनाअघि नै प्रतियोगिता आयोजना स्थलमा पुगेको नेपाली टोलीले विश्वकपको खेल हुने तीन वटा मध्य दुईवटा मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो ।

यसै साता अमेरिकाको फ्लोरिडा पुगेको टोली त्यहाँको वातावरणसँग घुलमिल गरिरहेको छ । त्यहिबाट नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गर्दैछ जहाँ नेपालले विश्वकपको समूह चरणमा पछिल्लो दुई खेल खेल्नेछ ।

नेपालले सेन्ट भिन्सेन्ट एण्ड विन्डवार्डको मिश्रित टोलीसंग जेठ १, ३ र ५ गते तीन वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाल जेठ ६ गते ह्युस्टनमा गइ ९ र १० गते ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ ।

वेस्ट इन्डिजमा अभ्यास खेल सकेर नेपाली टोली जेड १२ गते अमेरिकाको डालास जानेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा दुई वटा विश्वकप वार्म अप खेल खेल्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वुमन एसिया कप खेलेर फर्कियो नेपाली टिम, कप्तान भन्छिन्: सुधार गर्नुपर्ने चिज धेरै छ
Previous articleकम्युनिष्ट आन्दोलनको गन्तव्य ‘समृद्ध नेपाल,सुखी नेपाली: ओली
Next articleझापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि