Home राजनीति प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा

प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा

6
Google search engine

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुटनु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समित गठन नभएसम्म सदन चल्न नदिने अडान लिइरहेका वेला सत्तारुढ दलका मुख्य तीन शीर्ष नेताको बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा  जारि बैठक सदनको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।

यसअघि चितवनमा भएको एक कार्यक्रममा  प्रधानमन्त्री प्रचण्डले सदन अवरोध हटाउने विषयमा राजनीतिक दलहरु आजै सहमतिमा पुग्ने बताउनु भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here