Home समाचार गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्वारा लेखक एवम् डाक्टर मतिप्रसाद ढकाल सम्मानित

गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्वारा लेखक एवम् डाक्टर मतिप्रसाद ढकाल सम्मानित

पोखरा । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक एवम डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गरेको छ । भाषा-साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका- १ निवासी भाषा-साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण गरिएको हो

। आइतबार गैंडाकोट नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी डाक्टर ढकाललाई पुरस्कार दिइएको हो । नगर प्रमुख एवम् कुलपति मदनभक्त अधिकारी, उपकुलपति गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार चूडामणि बन्धुले डाक्टर ढकाललाई टीका, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन्

। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले भाषा साहित्यका साधक ढकाललाई गैंडाकोट प्रज्ञा पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । सम्मानित स्रस्टा ढकालले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध भएको बताउँदै आफूले गरिरहेको काममा अझै मेहनत गर्ने बताए ।

कार्यक्रममा संगीत विभाग प्रमुख अमरविरही गुरुङले स्वागत मन्तव्य राख्दै एउटा लोकगीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सदस्य सचिव भीम शर्माले सहजीकरण गरेका थिए ।

Enter

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस् :  भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो
Previous articleप्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा
Next article‘नेपाल फेसन फेस्टिभल–२०२४’ जेठ ११ देखि १३ गतेसम्म