Home समाचार भ्रष्टाचार अभियोगमा मुद्दा दायर

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

5
Google search engine

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढाले सम्झौताबमोजिम काम नहुँदासमेत बिल भुक्तानी गराएको आरोप लगाएको छ । उनीहरुविरुद्ध आयोगले रु १३ लाख ७२ हजार तीन सय ४० बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
आयोगले सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि समान बिगो दाबी गरेको छ । गाउँपालिकाका सदस्य एवम् अनुमगन समितिका संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । कूल तीन सय ४८ दशमलव ४३ घनमिटर ढुङ्गा छापेर सडक निर्माण गर्नुपर्नेमा एक सय १८ दशमलव ९८ घनमिटर मात्रै काम गरेको आयोगले जनाएको छ ।
गलत अनुगमन प्रतिवेदन दिन लगाई सोही प्रतिवेदनका आधारमा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आयोगले जनाएको छ । आयोगले आरोपीहरुविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै आज मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here