Home खेलकुद आइसिसि टी–२० विश्वकप : आज दुई खेल हुँदै

आइसिसि टी–२० विश्वकप : आज दुई खेल हुँदै

5
Google search engine

काठमाडौं, जेठ ३२ । आइसिसि टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछ । आज समूह ‘सी’ अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुँदैछ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि सुरु हुँदैछ ।

जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समूह ‘सी’ मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पीएनजीले भने लगातार दुई खेलमा हार व्यहोरेको छ ।

त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुँदैछ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि हुँदैछ । समूह ‘ए’ अन्तर्गत अमेरिकाले यो खेल जिते सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार व्यहोरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here