Home समाचार सिक्टा सिँचाइ: चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति

सिक्टा सिँचाइ: चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति

5
Google search engine

काठमाडौँ- बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक बर्षमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएकोमा जेठ मसान्तसम्म ७६ करोड ५२ लाख बजेट खर्च भएको आयोजनाका इन्जिनियर सन्देश पौडेलले जानकारी दिनु भएको छ । सिक्टा सिँचाइ आयोजनाको निर्माण छिटो सक्नका लागि श्रोत अभाव नहोस भनेर आगामी आव २०८१/०८२ मा बजेट सिलिङ बढाइएको छ ।

आगामी आर्थिक वर्षका लागि २०८१/०८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई एक अर्ब ६० करोड विनियोजन भएको छ । आर्थिक वर्ष २०६२/०६३ मा सुरु भएको पछिल्लो संसोधित निर्माण तालिका अनुसार २०८९/०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । पछिल्लो संसोधित लागत अनुमान ५२ अर्ब ८९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here