Home राजनीति राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामाः मन्त्री राई

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामाः मन्त्री राई

14
Google search engine

काठमाडौँ- रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई/मधेस द्रुतमार्ग  समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभयो ।
उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ ।
विपदबाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनःस्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधान र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।
कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी-२ मा विस २०२७ मा जन्मिनुभएका राईले विस २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ विस २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित  हुनुभएको हो ।
विस २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै विस २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो ।  हाल उहाँ पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here