Home समाचार शल्यक्रिया विभागमा धादिङ अस्पतालको लागि अर्को सफलता

शल्यक्रिया विभागमा धादिङ अस्पतालको लागि अर्को सफलता

8
Google search engine

धादिङ,०५ साउन ।
शल्यक्रिया विभागमा धादिङ अस्पतालले अर्को सफलता हासिल गरेको छ ।

शुक्रबार राति अचानक पेट दुखेर आउनु भएको ७० वर्षका पुरुषको सबै चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको र पेटमा तरल पदार्थ जमेको भन्ने थाहा भएपछि शल्यक्रिया गरेर बिरामीको जीवन बचाउन सफल भएको हो ।

अस्पतालका सर्जन टीम डा.नवीन महासेठ, डा.प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा.दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स, ओ टी असिस्टेन्ट लगायतको टिमले बिरामीको शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ ।

यो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालले पहिलो पटक गरेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here