Home समाचार नारायणीको भेलमा दाउराको जोहो गर्दै स्थानीय- तस्वीरहरु

नारायणीको भेलमा दाउराको जोहो गर्दै स्थानीय- तस्वीरहरु

4
Google search engine

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुस्तास्थीत नारायणी नदिको भेलमा अहिले काठदाउरा संकलन गर्नेको भिड लागेको छ । तटीय क्षेत्रका बासिन्दा वर्षभरीका लागी ईन्धनको जोहो गर्न लागिपरेका छन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्म नारायणीको भेलमा आएको दाउरा आंकुशेको मदतले नदी किनारामा ल्याएर जम्मा पार्न व्यस्त छन् । सुस्ता क्षेत्रमा नजिकै जंगल छैन्, जब नारायणी नदिमा बाढि आउछ तब ईन्धनको रुपमा वर्षेभरलाई पुग्ने दाउरा संकलन गर्नुपर्ने तटीय क्षेत्रका बासिन्दाको बाध्यता भएको सुस्ताका स्थानिय रामाकान्त राजभरले बताउनुभयो ।

यस क्षेत्रमा धेरै गरिब विपन्नहरुको बसोबास छ, ग्यास किन्न सकिदैन् वर्षभरको लागी आगो बाल्ने र अलिअलि आम्दानी गर्ने माध्यम यहि नदिका काठदाउरा हुन्, राजभरले भन्नुभयो । ठुला काठ भेटिएमा विक्रि हुने भएपनि आफुहरुलाई मुख्य रुपमा खाना पकाउनकै लागी दाउरा संकलन गर्ने गरेको उहाँले बताउनुभयो ।

बाढिमा, दाउरा मात्र होईन राम्रा काठ पनि बगेर आउने भएकाले काठ छोप्न स्थानियले तछाडमछाड गर्ने गर्दछन् । जसका कारण हरेक वर्ष काठदाउरा संकलन गर्ने क्रममा नदिमा बेपत्ता हुने क्रम बढ्दो छ ।

दुई हप्ता अगाडी मात्रै दाउरा छोप्ने क्रममा नारायणीमा डुबेर एक युवक बेपत्ता भएका थिए । उनको अवस्था हाल सम्म अज्ञात छ । हरेक वर्ष नारायणीमा काठदाउरा संकलन गर्ने क्रममा मानिस वेपत्ता हुने गरेका छन् ।

सुस्ता ५ का स्थानिय नुर मोहम्मद अन्सारीले काठदाउरा छोप्ने काम निकै जोखिमपुर्ण रहेको बताउनुभयो । ‘अलिकती पनि खुट्टा चिप्लियो भने नदिको भेलले बगाउछ, अन्सारीले भन्नुभयो, तर बाध्यता छ के गर्नु ।’

सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले प्रहरी संगको समन्वयमा जोखिम देखिएपछि काठदाउरा संकलन कार्य रोक्न खोजेपनि नसकेको बताउनुभयो । कतिपयलाई बाध्यता र कतिपयलाई पैसाको लोभ भएकाले नदिमा नजान माईकिङ्ग गरे पनि स्थानियले नमानेको उहाँको भनाई छ ।

अर्कोतर्फ नदिमा व्यवस्थित तवरले काठदाउरा संकलन गर्ने व्यवस्था नहुदा करोडौँको राजश्व गुम्दै गएको छ । तत्कालिन समयमा जिल्ला विकास समितिले काठदाउरा संकलन गर्न दहत्तर बहत्तर नामको ठेक्का गर्ने गरेको थियो तर संघियता पछि ठेक्का आह्वान हुन सकेको छैन् ।

स्थानिय तहले ठेक्का लगाउन खोजेपनि कानुनी जटिलता देखिएको जनप्रतिनिधिको भनाई छ । डिभिजन वन कार्यालयले आह्वान भएको ठेक्का पनि गत वर्ष रोकेको सुस्ता गाँउपालिकाका अध्यक्ष उपाध्यायले बताउनुभयो ।

“हामीले गत वर्ष ठेक्कानै आह्वान गरेका थियौँ, तर डिभिजन वन कार्यालयले रोकिदियो, त्यसपछि हामी अगाडी बढ्न सकेनौँ” उपाध्यायले भन्नुभयो । ठेक्का आह्वान नहुँदा किनारमा आउने स–साना काठदाउरा मात्र संकलन हुने गरेको र ठुला काठ सबै बगेर भारततर्फ जाने गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

डिभिजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले स्थानिय तहको क्षेत्राधिकार भन्दा बाहिर भएकाले स्थानिय तहलाई जानकारी गराईएको बताउनुभयो ।

प्रदेश सरकारलाई दरियावुर्दि (कसैको हक प्रमाण नपुगेको) काठ विक्रि वितरण गर्ने अधिकार भएकाले स्थानिय तहलाई सचेत बनाईएको उहाँको भनाई छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here