Home कला, विचार/मनोरञ्जन फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

12
Google search engine

काठमाडौँ । आज शुक्रवारबाट हलमा दुई नयाँ सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एकसाथ आएका हुन् ।

फिल्म ‘ईश्वर’ अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि अभिनयमा कम ब्याक गरेको फिल्म हो । फिल्मले अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथा वाचन गरेको छ । फिल्मका निर्देशक राजु गिरी हुन् ।

अनुको अलवा फिल्ममा सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईँ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बास्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा छन् ।

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बीपी वाग्लेको संगीत छ ।

‘ब्ल्याक छाया’

आरएल लामा मोक्तान निर्देशित फिल्म हो ‘ब्ल्याक छाया’ । नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो ।

फिल्मको निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा हुन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मको छायाङ्कार सञ्जु थोकर हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here