बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन

पोखरा । ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुलमन्त्रका साथ बाग्लुङ समाज पोखराले सृजनाचोकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रप्रसाद बरालले रक्तदान एउटा पुण्य कर्म रहेको बताउनुभयो ।
उहाँले रगतको अभावका कारण जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्दै वडास्तरबाट यस्ता कामको मुल्याङ्कन भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद सापकोटाले आपतविपतमा रगतको अभाव नहोस् भन्ने हेतुले समय समयमा यस्ता रक्तदान कार्यक्रम सँगै समाजले अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी गराउनुभयो । बाग्लुङ जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसायमा संलग्न रहेका बाग्लुङेहरुको साझा संस्थाको रुपमा रहेको सो समाज २०५७ सालमा स्थापना भइ सामाजीक कार्यमा पनि अगाडि भढिरहेको र उक्त संस्थामा हाल करिब ९ सय सदस्य रहेको कार्यक्रम संयोजक नरेश सुवेदीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने
समाचार२०८२ मंसिर ७, शनिबार १८:१७धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३७यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३२आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा







