गत आइतबार महत्वपूर्ण साँस्कृतिक पर्व, यः मरी पुन्ही परेको, साथै शनिबार र आइतबार दुई दिन विदा परेकोले, म आफु पढ्ने कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट आफ्नो घर, काभ्रे जानको लागि निस्किए ।
गोंगबु बसपार्क पुगे । त्यहाँ मयुर यातायातको गाडी थियो, मैले सोधे, यो गाडी साँगा जान्छ ? जवाफ आयो, “अ जान्छ, जान्छ, बस्नु ।”
गाडीमा अलि हल्ला हुने त स्वाभाविक नै थियो, स्पीकरमा गीत पनि बजिरहेको थियो । मैले पनि एयरफोन लगाएर एकैछिन आखा चिम्लीए, सुर्यविनायक, भत्तपुरमा धेरै बेर सम्म गाडी नचलेपछि मलै किन चलेन भनेर हेदा त सबै यात्रुहरु झर्दै रहेछन् । मैले सहचालकलाई फेरी सोधे यो गाडी यहि सम्म मात्र होर ? उहाँले जवाफ दिनु भो, अँ यही सम्म मात्र हो झनुर्स ।
मैले सहचालकलाई फेरी सोधे , अनि तपाईले अधि मैले सोध्दा त साँगा सम्म जान्छ भनेको होइन र ? नत्र म बसपार्कमा अरु गाडीमा चढ्थे नि ?
तपाई पहिला भाडा दिएर झनुर्स, म तपाईलाई अर्को गाडीमा हाल्दि हाल्छु नि । सहचालक झर्किए ।
भाडा दिएर अर्को गाडीमा जाने कुरा मात्र होइन, बिचमा आएर यस्तो कसरी भयो भनेर जिज्ञाशा राख्दा सहचालकले तपाई धेरै ठुलो कुरा नगर्नु भनेर झनै रिसाए ।
यात्रुलाई सुरक्षित आफ्नो गतब्यमा पुर्याउने उहाँहरुको जिम्मेवारी हुन्छ तर बिचमै झर्न भनेर उहाँ झनै झर्कनु भयो, मैले पनि अर्को गाडीमा सिट मिलाईदिन आग्रह गर्दै सहमति जनाए ।
आधिबाटोमा सिट कहाँबाट मिलाईदिनु मैले ? सहचालकले मलाई पिटला झै गरे । मैले उहाँलाई, आफुले जिम्मा लिएर आए पछि जम्मेवार बन्नुस भने ।
अनि चालक ज्यू आएर तपाई जानुस बहिनी, बरु तपाईको भाडा पर्दैन भन्नु भयो ।
खासमा यो भाडाको वा पैसाको कुरा थिएन, कुरा थियो त जिम्मेवारीको, कर्तव्यको । गाडीमा कहिलेकाही प्राविधिक गडबढी नहुने होइन, तर जायज कारण त हुनुपर्यो ।
सहचालकले, साँहूले फोन गरेर गाडी रिजर्ब अर्डर आएकोले गाडी फर्काएर लानु पर्ने बताए । रिजर्भ भो भन्दैमा यत्रो मान्छे झार्न पाइन्छ ? साँझको ६ बज्न लागि सक्यो, अध्यारो भई सक्यो, यस्तो चिसोमा यात्रुहरुलाई अलपत्र पार्न पाइन्छ ? तपाईको जिम्मेवारी हुँदैैन ? त्यसो भए मलाई तपाईको साहुँको नम्बर दिनुस भनी नम्बर मागे । उनले झनै झर्किदै, साहुको नम्बर किन चाहियो भने । मैले म कुरा गर्छु भनेर जवाफ दिए । सहचालकले कुरा गरेर तपाईले केही पनि पाउनु हुन्न, अरु सबै जना गइ सक्यो तपाई मात्र बहुला हो एक्लै कराएर बस्नलाई ? भने ।
त्यस पछि मलाई असहिय भयो, त्यसो भए, मैले बसको नम्बरको फोटो खिचेर ट्राफिकमा जान्छु भने अनि फोटो खिचेर ट्राफिक बिटमा गइ मौखिक उजुर दिए । त्यहाँ वरपर भएका अरु मानिसले पनि मेरो कुरामा सहमति जनाउदै, मयुर गाडीले प्राय यस्तै गर्ने गरेको जानकारी ट्राफिकलाई दिए । ट्राफिक सरलाई लिएर सो गाडी भएको ठाँउ सम्म पुग्दा, म सँगै आएका प्राय यात्रुहरु आफ्नो व्यवस्था गरेर हिडिसकेका थिए, कोही चाहीँ ट्वाल्ल परेर हेरेर बसेको थिए । अरु यात्रुहरु प्राय कसैले विरोध गरेनन् । यिनीहरु यस्तै हुन बोलेर केही हुँदैन भन्ने पनि भयो होला ।
ट्राफिक सरले चालकलाई, बहिनालाई कहाँ जाने भनेर ल्याउनु भएको भनी सोध्नुभयो, चालकले उत्तरमा ल्याउन त साँगा नै लग्ने भनी ल्याएको तर गाडी बिग्रएको, इन्जीन खराब भएको, उकालोमा चढ्दैन भन्ने कुरा गरे ।
यस कुराले मलाई झनै रिस उठ्यो ।
मैले यो कुरालाई इन्कार गर्र्दै सहचालकसँग भएको कुरा बताए ।
सहचालकले झनै , यो दिदीलाई मात्र समस्या छ, तपाई भन्दा टाढा जाने पनि छन् । धुलिखेल जाने त खुरुखुरु गइ राखेका छन् भनी ट्रफिककै अगाडी मलाई कराए ।
ट्राफिले कुरा बुझेपछि उनीहरुलाई सम्झाउदै, अब यो बहिनीलाइ के व्यवस्था गर्नु हुन्छ, आफ्नै गाडीमा पुर्याइदिनुहुन्छ कि पठाओ बोलाउनुहुन्छ भनेर सोधे, चालकले पाठाओ बोलाउछु भने ।
पठाओको भाडा २३५ थियो, चालकले मलाई पैसा राख्नुस हामी जान्छम भनेर पैसा मेरो हातमा राखी आफु विदा हुन खोज्यो तर मैले म तपाईसँग हात थाप्दिन, पठाओलाई तपाई आफै दिनुस भने । अनि मैले गोङबु बसपार्क देखि सुर्यविनायक सम्म आएको गाडी भाडा दिए । ट्राफिक सरले मेरो र चालक दुवैको परिचय विवरण टिपी मलाई पठाओमा चढाएर विदा हुनुभयो र म सुरक्षित साँगा पुगे ।
आज म परे भोलीको दिनमा अरु कोही पर्लान, वृद्ध-वृद्धा पर्लान, यस्तो समस्या अरु कसैले भोग्न नपरोस भनी कामना गर्दछु । साथै सम्पूर्ण सम्बन्धित व्यक्तिहरुमा यस्ता किसिमका घटनाहरु नदोहोरिउन भनी अनुरोध गर्दछु ।
धन्यवाद ।
अन्त्यमा यस घटनामा सहयोग गर्नुहुने, आफ्नो कर्तव्य प्रति जिम्मेवार, ट्राफिक सर प्रति आभारी छु । तपाईहरु पनि कतै अन्यायमा पर्नुभएको छ भने आवाज उठाउन जरुरी छ । हामी २१ औँ सताब्दिका सचेत नागरीक हौँ । हामीले आफ्नो कर्तव्य पनि पुरा गर्नु पर्छ, अनि अधिकारको पनि सहि उपयोग गर्नुपर्छ । आफुलाई परेको बेला मैले मैले आवाज उठाए र सफल पनि भए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न