विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न

प्रल्हाद अधिकारी, पोखरा । कास्कीको मादी गाउँपालिका ५ मा रहेको विद्याज्योति आधारभुत विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाएको छ ।
विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा गएको पुस २७ देखि २९ गते सम्म ३ दिन विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको विद्यालयका भुपू विद्यार्थी तथा शिक्षक अभिभावक संघका संयोजक रुद्र अधिकारीले जानकारी दिनुभयो । ३ दिने कार्यक्रम अन्तर्गत रहेर विद्यालयले पहिलो दिन विद्यालय परिसरमा स्थापना गरिएको शिलालेखको अनावरण गरिएको थियो । शिलालेखको अनावरण मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ्गले गर्नु भएको थियो। सोहि दिन मादी गाउँपालिका भित्रका ८ वटा आधारभुत विद्यालयहरुबीचमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

त्यस्तै, स्वर्ण महोत्सवको दोस्रो दिनमा भू.पु विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, विद्यालयका कर्मचारीबीच अन्तरक्रिया र आगामी दिनमा गरिने योजना र विगतको बारेमा छलफल भएको थियो । कार्यक्रको तेस्रो दिन समापन कार्यक्रम विभिन्न विधामा पुरस्कार वितरण, विभिन्न खेलहरु, स्थानिय आमा समुहबाट परम्परागत र संास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर गुरुङ्ग, पुर्व संस्थापक विद्यार्थी तथा नेपाली काग्रेंस कास्कीका निवर्तमान अध्यक्ष कृष्ण केसी, मादी ५ का वडा अध्यक्ष तथा पूर्व विद्यार्थी हुमनाथ अधिकारी, मादी ४ का वडा अध्यक्ष शिव सापकोटा, नेपाली काग्रेंस कास्कीका सचिव तथा पूर्व विद्यार्थी भानु ढकाल, वडा सदस्य पार्वति रानामगर, वडा सचिव बुद्धिराज लामिछाने, विद्यायका शिक्षक महेन्द्रराज देवकोटा, पूर्व विद्यार्थी कुमबाहदुर गुरुङ लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय स्मारिका २०८१ लोकापर्ण गरिएको छ ।

त्यसैगरी, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यालयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो। ३ दिन सम्म संचालन रहेको उक्त कार्यक्रमको संचालन विद्यालयको सह-प्रधानाध्यापक कृष्ण कुमारि आचार्य अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रमका थप फोटाहरु :





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २४, आईतवार ००:२२हुम्लामा कांग्रेसका रोकाया विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:५२लमजुङमा रास्वपाका केसी विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:४१चितवन–३ मा रास्वपाकी गौतम विजयी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २३, शनिबार १५:२४अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै







