विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न

पोखरा । विकास र वातावरण बीच सन्तुलन कायम गर्न कास्कीमा एक दिवसीय समन्वय गोष्ठी सम्पन्न भएको छ। डिभिजन वन कार्यालय, कास्कीको आयोजनामा र जिल्ला समन्वय समितिको समन्वयमा आयोजित कार्यक्रममा वातावरण संरक्षण र दिगो विकासका विषयमा छलफल भएको छ।
डिभिजन वन अधिकृत कोमल काफ्लेले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै मानव क्रियाकलापले प्रकृतिमा गहिरो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। उहाँले सामुदायिक वनका प्रमुख आफ्नो काम, कर्तव्य र अधिकारबारे स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नागरिक समाजको तर्फबाट राम बहादुर पौडेलले सामुदायिक वन उपभोक्ता समितीहरूमा कमी कमजोरी भए तीनलाई जवाफदेही र उत्तरदायी बनाउन आग्रह गर्नुभयो। साथै, डढेलो नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण भएको भन्दै सर्वसाधारणलाई डढेलो लगाउने बहानाबाजी नगर्न सुझाव दिनुभयो।
सामुदायिक वन उपभोक्ता प्रतिनिधिहरूले पदमार्ग र वनसम्म पुग्ने पहुँच मार्गको व्यवस्थापनमा वनको सरोकावालाहरुले ध्यान दिनुपर्ने , वन क्षेत्रमा पानीको स्रोत व्यवस्थापन र जल क्षेत्रको संरक्षण गर्न स्थानीय तहले योजना बनाउनु पर्ने, सुकेका रूखहरूको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । साथै, डढेलो नियन्त्रणका लागि सीप, दक्षता र क्षमता विकासका कार्यक्रमहरूको आवश्यकता औंल्याएका छन् ।

गोष्ठीमा सहभागी अधिकांश वक्ताहरूले वन क्षेत्रमा वर्षेनी हुने डढेलो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए।
डढेलो नियन्त्रणका लागि समुदायको सक्रियता र सरकारी निकायहरूको ठोस योजना आवश्यक रहेको भन्दै प्रदेश वन निर्देशनालयले स्कूल शिक्षा कार्यक्रम सुरु गरेको प्रदेश वन निर्देनालयका उपसचिव घनेन्द्र खनालले जानकारी दिनु भयो ।
सुकेका रुख, घास तथा पतझरको व्यवस्थापन, उपभोक्ताले सही तरिकाले उपभोग गर्ने र सही समयमा स्थानीयको निगरानीमा अग्नि रेखा बनाई डढेलो लगाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् ।
प्रदेश तथा संघको नीति तथा कार्यक्रमले करिब १ करोड ३९ लाख विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा कास्कीमा झण्डै १० हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको भन्दै स्थानीय तहसँग समन्वय गरी मानव निगरानीमा गरिने आगोलागीले वन, वन्यजन्तु र पर्यावरण कम क्षति हुने तथा वातावरण संरक्षणमा समान ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।
गोष्ठीमा प्रदेश वन मन्त्रालय गण्डकी, वन निर्देशनालय, वन अनुसन्धान केन्द्र, जिल्ला समन्वय समिति, वातावरण तथा नागरिक अधिकारकर्मी, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश, र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख २६, शुक्रबार १३:१५विश्वकप एसिया छनोट: नेपाल र हङ्कङबीचको खेल रद्द
कला, विचार/मनोरञ्जन२०८२ बैशाख २६, शुक्रबार १०:४५‘महाराजधिराज’मा वर्षाको प्रवेश
स्वास्थ्य/जानकारी टिप्स२०८२ बैशाख २६, शुक्रबार १०:१७नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण
समाचार२०८२ बैशाख २६, शुक्रबार ०७:५८नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा