ग्राहकको सेवालाई ख्याल गरि फिस्टेल डिपार्टमेन्टल स्टोर संचालनमा

पोखरा । फिस्टेल डिपार्टमेन्टल स्टोरकको विधिवत रूपमा उदघाटन गरि शुक्रबार देखि पोखराको विरौटा १७ स्थित संचालनमा आएको छ।

उक्त डिपार्टमेन्टल स्टोरमा दैनिक घरायसी उपभोगका लागि चाहिने सम्पुर्ण ग्रोसरी सामग्रीहरु उपलब्ध रहेका छ्न। सो डिपार्टमेन्टलका संचालक युवा व्यवसायी सुर्य श्रेष्ठ हुनुहुन्छ ।

श्रेष्ठले आफ्नो जिवनको लामो समय देखि विभिन्न व्यापार व्यवसायमा संलग्नता हुँदै आउनु भएको छ।
उनको लगनशीलता र अनुभवले खारिदै गएपछि एक पछि अर्को सफलता हासिल गर्दै व्यवसाय गर्न सक्षम हुनुभएको छ।

उदघाटन समारोहमा उपस्थित वक्ताहरूले बोल्ने क्रममा श्रेष्ठको धैर्यता ईमानदारता उसको व्यवसाय प्रतीको सत्कर्म र निष्ठाको कारण आज आएर उ व्यापारमा सफलता प्राप्त गरेको जिकिर गरे

व्यवसाय गर्न एउटा व्यापारीमा दक्षता क्षमतावान सिकाइ भोगाइ र सरल व्यक्तित्त्व तथा पोलिसी हुनुपर्ने र यी सबै गुण श्रेष्ठमा भएको हुदा सफलता को मार्गविन्दुमा रहेको बताएका थिए।

एकै छानामुनी कस्मेटिक आइटम, दाल,चामल फलफूल तथा ताजा तरकारी लगायतका सामानहरु सुपथ मुल्यमा उपलब्ध रकेको श्रेष्ठले बताए ।

श्रेष्ठका अन्य व्यवसायहरु पोखराको सिद्धार्थ चोकमा रहेको फिस्टेल मिट सप्लायर्स दोमो दोमो रेस्टुरेन्ट रहेका छन भने असल साथी मिडिया प्रा.लि.का सल्लाहकार समेत रहेका छन।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








