आज देखि श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम सुरु

गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम
पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने र गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भोलि (वैशाख १७, २०८२) देखि सुरु हुँदैछ। यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म चल्नेछ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ भने चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा श्रीमद्भागवत कथा प्रवचन दैनिक सञ्चालन भइरहेको छ। पण्डित दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरू र भारतबाट जगत गुरुहरूको सहभागिताले महायज्ञ थप भव्य बन्नेछ। निरन्तर हवन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई जीवन्त बनाएको छ।
आयोजक मानव सेवा फाउण्डेशनले सामाजिक सञ्जालमार्फत महायज्ञको महत्त्व प्रचार गर्न छोटा भिडियो बनाउनेहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने योजना बनाएको छ, जसमा सहभागीले फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साधु–सन्त, धर्मगुरु, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिसहित करिब ५० जिल्लाबाट स्वयंसेवकहरूको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा लगायतका कथावाचनहरूले धार्मिक आस्थालाई जोड्दै यो महायज्ञले गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याथउने अपेक्षा गरिएको छ, जसले पोखरालाई आध्यात्मिक केन्द्रको रूपमा विश्वमाझ चिनाउने अवसर प्रदान गर्नेछ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








