गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पाठक र अधिकारी सम्मानित

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पाठक र अधिकारी सम्मानित

पोखरा । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन् ।

क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम समाजशास्त्रमा स्नाकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्धारा जनसेवा श्री पञ्चमबाट विभुषित , नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व.जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार,प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका पुरस्कारबाट सम्मानित भइ सकेकी छन् ।

पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रीय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् ।
२०५४ सालदेखि वितरण थालिएकोमा यसअघि २७ पत्रकार पुरस्कृत भइसकेका छन । पछिल्लो समय ३ लाख थपेर कुल ४ लाखको अक्षयकोष स्थापना गरी राष्ट्रियस्तरको पुरस्कार बनाइएको स्व. भण्डरीका कान्छा सुपुत्र सन्तोष भण्डारीले बताए ।

समारोहमा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिताले अविस्मरणीय भूमिका खेलेको बताए । प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको बताउदै डिजिटल मिडियाको सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता बढाउन पत्रकार स्वयंम क्रियाशिल हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस् :  धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

प्रेस स्वतन्त्रता सेनानी एवम महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माले सृजनशिलता संगै पत्रकार निर्भिक हुनु पर्ने बताए । स्वतन्त्रताको परिभाषा आवारापन नभएको बताउदै पत्रकारितामा संयमता सहितको स्वतन्त्रताको आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरे पनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिए । सम्मानित केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुने उर्जा मिलेको बताउदै आभार प्रकट गरे । महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भूपाल गुरूङले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18223, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *