हेमजामा अन्तर वडा स्तरीय फूटबल प्रतियाेगिता सुरु, पहिलाे दिन वडा नं.२५ (नीलाे) र वडा नं. १५ विजयी

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उनकाे भनाई छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताए ।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न विभिन्न आस्थाका बिच एकता अवयस्कता रहेको बताए ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने बताए । पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न एन्फाका अधिकारीहरूले सुझाएका छन् ।
आयोजक हेमजा युनाइटेड क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले प्रतियोगितामा १३ समूहको सहभागिता रहेको जानकारी दिए ।
शनिवार भएको पहिलो खेलमा वडा न.२५ हेमजा निलोले ९-२ गोल अन्तरले वडा न.२९ लाई पछि पादै विजय सुरुवात गरको छ । दोस्रो खेल वडा न.१५ र १६ बिच भएको थियो जसमा २-० गोल अन्तरले वडा न.१५ ले आगामी यात्रा तय ग¥यो । आइतबार पहिलो खेल वडा न.१ र १७ र दोस्रो खेल वडा ८ र ५ बिच हुनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु.१ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार प्रदान गरिनेछ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18337, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ४, बुधबार १६:०४पर्यटकको सुरक्षाका लागि सरोकारवालाविच छलफल
समाचार२०८२ भाद्र ४, बुधबार १०:५६पाेखराकाे लेकसाइमा तेस्राे तीज सांस्कृतिक महोत्सव हुने
समाचार२०८२ भाद्र ४, बुधबार ००:४०नेपाल फोटो पत्रकार संघ, कास्कीले मनायो विश्व फोटोग्राफी दिवस
समाचार२०८२ भाद्र २, सोमबार १६:५७सहदेव अधिकारी नेपाल लाईफको उत्कृष्ट अवार्डबाट सम्मानीत