अन्तर वडा स्तरीय फुटबल जारी, बुधवार क्वाटर फाइनलका खेल सम्पन्न हुने

हेमजा । “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ हेमजा यूनाइटेडको आयोजनामा जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको मङ्गलवार क्वाटर फाइनलका दुई खेल सम्पन्न भएको छ ।
पहिलो खेलमा वडा न.५ ले आयोजक वडा न.२५ रातोलाई ७–१को गोल अन्तरले पछि पार्दै वाड न.५ सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न.५ का जर्सी न.१२ का पङ्कज घिमिरेले ह्याट्रिक गर्दा जर्सी न. ४ का अरुन गुरुङले २ गोल गरे, जर्सी न.१० का अनुप केसी र जर्सी न. १३का प्रकाश पराजुलीले १/१ गोल गरे । वडा न.५ का जर्सी न.१२ का पङ्कज घिमिरे उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा वडा न.१ ले वडा न.६ लाई २–० को गोल अन्तरले पछि पार्दै वडा न.१ले सेमिफाइनलको यात्रा शुनिशच्ति ग¥यो । जितका लागि वडा १का जर्सी न.१९का बासूँ जी.सी र मिलन गुरुङले १/१ गोल गरे । उक्त खेलमा वडा न. १ का जर्सी न. ७ का चन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए ।
बुधवार वडा न १३ र १५ बिचको अन्तिम क्वाटर फाइनल बिहान ठिक १०ः०० बजे हुनेछ । उक्त क्वाटर फाइनलको विजेताले वडा ५ सँग सेमिफाइनल खेलमा सामान गर्नुपर्ने छ । यता वडा न.२५ निलो र वडा न.१ बिच जेष्ठ १५ गते सेमिफाइनलको खेल बिहान ठिक ८ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न.२५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18397, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १६, बिहीबार ०९:५८पोखराको शान्तिनगरमा लागूऔषधको ‘लुकीछिपी’ कारेबार, दुई जना पक्राउ
समाचार२०८२ जेष्ठ १६, बिहीबार ०९:५७‘कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो’
समाचार२०८२ जेष्ठ १६, बिहीबार ००:०४पोखरामा युवा संघको नयाँ नेतृत्व सम्मानित, महत्वाकांक्षी योजना सार्वजनिक
समाचार२०८२ जेष्ठ १५, बुधबार २३:५१‘राइड शेयरिङ’ नियमावलीविरुद्ध यातायात व्यवसायीको आन्दोलन, शुक्रबारदेखि गण्डकी र १९ जेठदेखि देशभर सवारी थन्क्याउने