पोखराको शान्तिनगरमा लागूऔषधको ‘लुकीछिपी’ कारेबार, दुई जना पक्राउ

पोखरा । जिल्ला कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ शान्तिनगरचोकमा लागूऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले यो अपरेशन गरेको हो।
पक्राउ पर्नेमा पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. ४ नालाकोमुख बस्ने २६ वर्षीया सीमा दर्जी र सोही ठेगानाका २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट कालो झोलामा लुकाइछिपाइ राखिएको अवैध लागूऔषध बुप्रिनर्फिन १६७ एम्पुल, डाइजापाम १६८ एम्पुल, र फेनरागन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल बरामद गरेको छ। साथै, उनीहरूको साथबाट तीन थान मोबाइल फोन पनि फेला परेको छ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18417, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने
समाचार२०८३ जेष्ठ ६, बुधबार २२:०९ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न








