नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तीन दिनसम्म जारी, विविध निर्णय हुँदै

काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनको तीनदिने दोस्रो केन्द्रीय बैठक तथा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा जारी छ। बैठक यही जेठ १८ गते (शनिवार) सम्पन्न हुने बताइएको छ।
बैठकमा संघीय निजामती सेवा ऐन, आगामी बजेट तथा संगठनका विविध गतिविधिसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ। संगठनका पदाधिकारी तथा सचिवालय बैठकका निर्णय अनुमोदन, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुति, संगठनको विनियम २०८२, केन्द्रीय कार्यसमितिमा मनोनयन, कार्यविभाजन, उपहार कार्यक्रम २०८२, बक्यौता तथा वार्षिक लेवी, वार्षिक कार्ययोजना २०८२/८३ लगायतका एजेन्डामा निर्णय प्रक्रिया अगाडि बढाइएको छ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँलसहित पेशागत महासंघका नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा संगठनका १७० जना केन्द्रीय नेताहरू मध्ये १५० भन्दा बढीको उपस्थिति रहेको जनाइएको छ। हिजोको बैठकमा महासचिव रामचन्द्र अधिकारीले सांगठनिक प्रतिवेदनसहित संशोधित विधान तथा विनियम पेश गरेका थिए। आर्थिक प्रतिवेदन भने संगठनकी कोषाध्यक्ष यामकुमारी सापकोटाले प्रस्तुत गरेकी थिइन्। दोस्रो दिनको बैठकमा प्रस्तुत प्रतिवेदनहरूमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
बैठक संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षतामा सञ्चालन भइरहेको केन्द्रीय सदस्य इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18470, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने
समाचार२०८३ बैशाख १५, मंगलवार २०:२४पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ








