
कोटिहोममा चित्रकार र कविको जमघट
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज देशभरबाट चित्रकार र कविको जमघट भएको छ ।
कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।
देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतीमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।
कोटिहोममा आज नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेयको उपस्थिति रहेको छ । कोटिहोमको औपचारिक सुरुवात हुनु भन्दा पहिले प्रारम्भमा आएर प्रवचन गरेकी अनुराधा पाण्डेय आज कोटिहोम आएकी हुन् । भारतबाट अनुरुद्राचार्यका महाराज आफू आउन नभ्याएपछि आफ्ना छोराहरू अधिराज तिवारी शिव अध्याता तिवारी ओम कोटिहोममा आएका थिए ।
कोटिहोममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री कुमार खड्काले हाम्रो धर्म संस्कृतिको रक्षा गर्नका यस्ता खालका कोटिहोम उपयोगी हुने बताए । कोटिहोम दर्शन गर्न आएकी मौलापुर नगरपालिका रौतहटकी मेयर रिना साइले भक्तजनको उत्साहजनक सहभागिताले कोटिहोम सफल भएको वताईन् ।
त्यसै गरी गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले पुण्य कार्यमा सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजन प्रस्तुतिमा अतिथि तथा भक्तजन छमछम नाचेका थिए ।
कोटिहोममा मेघनाथ खनाल सपरिवार तनहुँ– ८ बाट १५ हजार १ सय ५, हातेमालो दिदीबहिनी क्लब पोखरा–१७ बाट २५ हजार ५ सय २५, एकता आमा समूह बागलुङ–३ बाट ५१ हजार १ सय ५५, कृष्ण कुमारी सिंह भण्डारी पोखरा–१९ बाट २५ हजार ५ सय, कासीमाया पोख्रेल स्याङ्जा विरुव–४ बाट तुलादान चौरासी पुजा मार्फत ९३ हजार, शिव शंकर पौडेल स्याङ्जाबाट ५१ हजार, भिमकुमारी राना मगर पोखरा– १७ बाट ५१ हजार, सिता केसी पोखरा–१७ बाट २५ हजार ५ सय, महिला मिलन समूह तनहुँ–२ बाट २५ हजार १ सय २, धनबहादुर दिलमाया गिरी पोखरा– ८ बाट २५ हजार ५ सय २५, खगिसरा पौडेल तनहुँ बाट ६० हजार, समाज सुधार आमा समूह स्याङ्जा पुतली बजार–१४ बाट २५ हजार १ सय, आदर्श ज्येष्ठ नागरिक समिति पोखरा–२२ बाट २५ हजार ५ सय ५५, युना थापा भुजेल स्याङ्जा पुतली बजारबाट १५ हजार १ सय ५५ सहयोग प्रदान गरेका छन् ।
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन् ।
पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भेली क्षेत्री समुदायको पोसाकमा देखिने भएकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै भोलि क्षेत्री समुदायको पोसाकमा आएर कथा वाचन गर्ने कार्यक्रम रहेको छ । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् । कोटिहोममा यति वेला विभिन्न ठाउँ बाट विभिन्न जात जातिका भक्तजन आ–आफ्नो जातीको पहिरनमा आउने गरेका छन् । यसले विभिन्न जात जातिको भेष भूषा संस्कृतिको प्रचार प्रसार कोटिहोममा भइरहेको छ ।
कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २५, शुक्रबार २३:०३गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा
समाचार२०८३ बैशाख २५, शुक्रबार २०:४०नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा मेयर ढुंगानाद्धारा शुभकामना प्रकट
समाचार२०८३ बैशाख २५, शुक्रबार १९:०२सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार १८:४४‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक







