तिलिङगाटार विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम

काठमाडौं। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक विशेष चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल सोलुसन प्रा. लि. को आयोजना, सेलिब्रेटी नेपालको व्यस्थापन र बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडा तथा टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रममा करिब ४०० जना बिद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिद्यार्थीहरूलाई प्रेरणा दिने उद्देश्यले नेपाली चलचित्र ‘अन्जिला’ र ‘सतिदेवी’ प्रदर्शन गरिएको थियो। चलचित्र प्रदर्शनपछि त्यसबारे छलफल र मन्तव्य आदान–प्रदान पनि गरिएको थियो।
कार्यक्रमको अध्यक्षता राजकुमार सिलवालले गर्नुभएको थियो। उहाँले चलचित्र जस्तो सशक्त माध्यमले युवापुस्तालाई मार्गदर्शन गर्न सक्ने भन्दै यस्तो कार्यक्रमले बिद्यार्थीको सोच र सिर्जनशील क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे उनले भने, “सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो शिक्षाको माध्यम पनि हो।”
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले चलचित्र मार्फत शिक्षाको प्रवर्द्धन गर्नु अहिलेको समयमा निकै सान्दर्भिक रहेको उल्लेख गर्दै भने, “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।”
कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, चलचित्र जाँच समितिका सदस्य कुबेर गिरी, र चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको विशेष क्षणमा सेन्सर बोर्ड सदस्य कुबेर गिरीलाई नगरप्रमुख प्रकाश अधिकारीले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप बधाई पत्र प्रदान गर्नुभयो।
कार्यक्रमले चलचित्रजस्ता सिर्जनात्मक माध्यमहरूको माध्यमबाट बिद्यार्थीहरूको सामाजिक र भावनात्मक चेतना अभिवृद्धि गर्न सकिने स्पष्ट सन्देश दिएको छ। आयोजक संस्था चोया डिजिटल सोलुसन प्रा. लि. ले यस्ता कार्यक्रमलाई देशभर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
बिद्यार्थी, शिक्षक तथा अतिथिहरूले यस्तो कार्यक्रमले विद्यालयस्तरमै सृजनात्मक सिकाइको अवसर दिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २५, शुक्रबार २३:०३गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा
समाचार२०८३ बैशाख २५, शुक्रबार २०:४०नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा मेयर ढुंगानाद्धारा शुभकामना प्रकट
समाचार२०८३ बैशाख २५, शुक्रबार १९:०२सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार १८:४४‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक








