अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द

सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन्।
तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्।
इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वजनिक गरेका छन्। इनरुवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको विज्ञप्तिअनुसार, गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, थकान, र चक्कर लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेपछि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू असार २८, २९ र ३० गते (३ दिन) का लागि बन्द गरिने निर्णय गरिएको हो ।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित भएको जनाउँदै असार २८ गते (१ दिन) सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय लिएको छ । उपमहानगरले जारी गरेको सूचनामा भनिएको छ, “असहज मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले सावधानी स्वरूप विद्यालयहरू बन्द गर्नुपरेको हो ।”
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार जिल्लाभरका अन्य पालिकाहरूमा पनि विद्यालय विदा दिनेबारे छलफल भइरहेको छ । गर्मीको अवस्था स्थिर नहुँदासम्म यस किसिमका निर्णयहरू आवश्यक हुनसक्ने जनाइएको छ ।
गर्मीको असर र स्वास्थ्य विशेषज्ञको सुझाव
हाल सुनसरी सहित तराईका अन्य जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्न थालेको छ । अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू जोखिममा रहेका धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवत्ता तथा चिकित्सक अभिजित कुमारले सचेत गराउनु भएको छ । चिकित्सक कुमारका अनुसार गर्मीबाट जोगिन घरबाहिर ननिस्कने प्रयास गर्न,प्रशस्त पानी पिउनु,हल्का कपडा लगाउनु,बिहान र बेलुकी मात्र बाहिर जान,घाममा लामो समय बस्न नपर्ने उपाय अपनाउनु जस्ता सल्लाह दिएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार १३:१८‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल