संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय सुनाउने मिति सर्‍यो

संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय सुनाउने मिति सर्‍यो

काठमाडौँ- संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दामा निर्णय सुनाउने मिति आगामी असार १८ गतेका लागि सरेको छ । मुद्दामा आज फैसला आउने भनिए पनि छलफलका लागि समय लाग्ने भएका कारण मिति सारिएको सर्वोच्च अदालतका सह रजिष्ट्रार अच्युत कुईकेलले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको सो मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सारिएको हो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त रहेको ५२ संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेश मार्फत गरिएका ती नियुक्तिहरु विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल,सुलभ खरेल,कीर्तिनाथ शर्मा,निशान्तबाबु खड्का,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गर्नुभएको थियो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   9   =