पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित

चितवन, २९ जेठ । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन ।
भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन ।
अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ ।
उनले भने,“यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौँडा अस्पताल र मध्यविन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।” ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानानतरण भई औषधि लिँदै आएका छन् ।
ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् ।
यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उनले जानकारी दिए । नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ ।
उनका अनुसार अस्पतालमा अएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आवश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असाहायको लागि खाध्यान्न सहयोग गर्दै आएको छ । यस फाउण्डेसनसंँगै अन्य फाउण्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए ।
भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा सापकोटाले बताए । उनले भने “अहिले तत्कालका लागि समस्या समाधान भए पनि अझै एक महिना कसरी व्यवस्थापन गर्ने भन्ने छ ।” रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ ३१, शुक्रबार २०:३३प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
समाचार२०८२ जेष्ठ ३१, शुक्रबार १९:५०पत्नीको कुटपिटबाट पतिको मृत्यु
समाचार२०८२ जेष्ठ ३१, शुक्रबार १८:२८नीलकण्ठ नगरपालिकामा शनिबार दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला हुँदै
समाचार२०८२ जेष्ठ ३१, शुक्रबार १८:२२पूर्ण स्तनपान प्रवर्धनका लागि धादिङमा आयुर्वेदसम्बन्धी अभिमुखीकरण