‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा

काठमाडौँ। साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ। वियोग भावले भरिएको यस गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर, प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतमकै संगीत रहेको छ।
गीतका भावपूर्ण र कर्णप्रिय शब्दहरूले चलचित्रका पात्रहरूको मनको पीडा र विछोडको अनुभूति उजागर गर्छन्। प्रेम, विछोड र आत्मसंघर्षलाई समेटेको गीतले दर्शकलाई भावनात्मक बनाउनेछ।
‘फिल्म मेकर्स’ को ब्यानरमा निर्माण भएको ‘मोहर’ का निर्माता चुम्बन जंग शाही हुन् भने लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्।
चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय छ। बालकलाकार सारा शर्मा पनि प्रमुख भूमिकामा छिन्।
चलचित्रमा दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समीर मियाको भिएफएक्स, कुमार महर्जनको एक्सन निर्देशन तथा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी समावेश छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक हुन्।
यसअघि सार्वजनिक गरिएको ट्रेलर र दुई गीतमार्फत ‘मोहर’ ले दर्शकको राम्रो प्रतिक्रिया बटुलिसकेको छ। अब वियोगको पीडाले भरिएको यस गीतले चलचित्रप्रतिको उत्सुकता अझ बढाउने देखिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
खेलकुद२०८३ भाद्र ७, आईतवार ०८:४५ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात









