कागेश्वरी मनोहराको तीन वटा स्वास्थ्य चौकीमा अत्याधुनिक ल्याब सेवा सञ्चालन

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहमा प्रविधिमैत्री, समावेशी र जनउत्तरदायी स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ तीन वटा स्वास्थ्य चौकीहरूमा अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको छ। वडा नं.२ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नं. ५ स्थित डाँछी स्वास्थ्य चौकी, र वडा नं.९ स्थित गोठाटार स्वास्थ्य चौकीमा सेरो डाइनोस्टीक ट्रेडर्स नेपाल प्रा.लि.सँगको सहकार्यमा सञ्चालनमा ल्याइएका ल्याबहरूमा विश्वस्तरीय प्रविधियुक्त उपकरणहरू जडान गरिएको छ । जसले अटोमेटिक प्रणालीमार्फत गुणस्तरीय परीक्षणहरू सहज बनाउने छ।
नगरप्रमुख उपेन्द्र कार्कीले ल्याब उद्घाटन गरे । उनको दूरदर्शी, क्रियाशील र सकारात्मक नेतृत्वले कागेश्वरी मनोहरा नगरपालिकाको सेवा प्रणालीलाई आधुनिकिकरण र प्रभावकारिताको दिशामा अग्रसर गराएको छ। उनले स्वास्थ्य क्षेत्रलाई पूर्ण प्राथमिकता दिँदै प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा पहुँचमा पुर्याउने स्पष्ट नीतिका साथ योजनाहरू कार्यान्वयन गरिरहेका छन् ।
उद्घाटन समारोहमा उनले स्वास्थ्य बीमा कार्यक्रमसँग आबद्ध नागरिकहरूले ल्याब सेवा निशुल्क रूपमा प्राप्त गर्न सक्ने जानकारी गराउँदै अब सामान्य परीक्षणका लागि समेत ठूलो अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने र जनताको समय तथा खर्चमा उल्लेख्य राहत पुग्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख शान्ता थापाले चुनावी घोषणापत्रमा उल्लेखित स्वास्थ्यसम्बन्धी प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको बताईन् । ‘स्वास्थ्य नै धन हो’ भन्ने मान्यताको सार्थक कार्यान्वयन भइरहेको उनले बताईन् ।
नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले सेवा छिटो, भरपर्दो र वैज्ञानिक बनाउन दक्ष जनशक्ति र नवीनतम प्रविधियुक्त उपकरणहरूको प्रयोग गरिएको जानकारी दिए । नागरिकको हितमा केन्द्रित योजनाको सफल कार्यान्वयन, सार्वजनिक संस्थाहरूको समन्वयात्मक उपयोग, तथा स्थानीय स्रोत र क्षमता परिचालनमार्फत नगरप्रमुख कार्कीले नतिजामुखी र दीर्घदृष्टियुक्त नेतृत्वदायी भूमिकाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको कार्यक्रम सहभागीहरूले बताए। यो कार्यले नगरबासीको स्वास्थ्य सुरक्षासँगै समग्र नगर विकासमा नयाँ विश्वास र ऊर्जा थपेको विश्वास गरिएको छ।
प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले व्यवस्थापनमा सम्झौता नगरेको र नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर सुधार्दै नागरिकलाई सहज र विश्वासिलो सेवा दिन प्रतिबद्ध हुँदै समग्र विकासतर्फ निरन्तर अघि बढिरहेको बताए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन ३, शुक्रबार १३:४०जीर्ण आयोजनाका ठेक्का तोड्न निर्देशन
समाचार२०८२ आश्विन ३, शुक्रबार १३:०४गंगाजमुना–५ द्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन ३, शुक्रबार ११:०२जिपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल