धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए

धादिङ- पृथ्वी राजमार्गको गल्छी-मलेखु सडक खण्डमा पर्ने बेल्खु भन्ने स्थानमा ३ ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा सात जना यात्रु घाइृते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठका अनुसार काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२७ नम्बरको तेल ट्याङ्कर र विपरित दिशातर्फबाट आउँदै गरेको बाग्मती प्रदेश ०१– ०३२ च ०१४८नम्बरको योद्धा पिकअप र बाग्मती प्रदेश ०१०६ख८१७५ नम्वरको माईक्रोबस एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये सात जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








