विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा रामबहादुर सापकोटा निर्विराेध

पाेखरा । पाेखरा २५ हेमजास्थित विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा राम बहादुर सापकोटा (राजु) निर्वाचित भएका छन् ।
पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे प्रमुख आतिथ्यतामा बुधवार भएकाे संस्थाकाे दाेस्राे अधिवेशनबाट सापकाेटा निर्विराेध निर्वाचित भएका हुन् ।
संस्थाकाे उपाध्यक्षमा मोहन भण्डारी, सचिव झपटबहादुर नेपाली, सहसचिव सरस्वती नेपाली र कोषाध्यक्षमा दुर्गा केसी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा रोम नेपाली, सौजन तिवारी (जैसी) हरी नेपाली र प्रकाश नेपाली चयन भए ।
नवनिर्वाचित अध्यक्ष रामबहादुर सापकाेटा (राजु) ले समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए ।
उनले विष्णुपादुका टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19198, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण







