तुलसीघाटमा पुल निर्माण सकियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटमा पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) सम्झौता समयभित्रै निमार्ण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए ।
स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए ।
पुल निमार्ण सम्पन्न भएसँगै स्थानीयले लामो समयदेखि आउजाउमा दैनिक जसो भोग्नुपरेको सास्तीको अन्त्य भएको महसुस गरेका छन् ।
आर्कब्रिज’को लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो ।
पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19203, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण







