प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले भारतको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ ।
नेपालको २ दिने औपचारिक भ्रमणका क्रममा नेपाल रहनु भएका विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका आज भारत भ्रमणको औपचारिक निम्तो दिनुभएको हो ।
भ्रमणको आज पहिलो दिन विदेशसचिव मिस्री उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो ।
विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरुसँग पनि विदेश सचिव मिस्रीले भेट गर्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








