११ औं मालेपाटन खुल्ला तिजगीत प्रतियोगिता भदौ १० गते बाराही मा.वि.काे खेल मैदानमा

पोखरा ।
सामाजिक सेवामा निरन्तर तीन दशक बढी काम गरेर गर्विलो इतिहास बनाएको पोखरा महानगरपालिका वडा नं. ५ स्थित सूर्यचन्द्र विकास समाजले यसपटक पनि खुल्ला तिजगीत प्रतियोगिता २०८२ आयोजना गरेकाे छ ।
समाजको मुख्य आयोजना, वडा नं ५ मा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा यहि भदौ १० गते पूर्वान्ह ११ वजेदेखि बाराही मा.वि.को खेल मैदानमा ११ औं संस्करणको मालेपाटन खुल्ला तिजगीत प्रतियोगिता हुने भएकाे हाे ।
समाजकी अध्यक्ष सावित्री कोईरालाले संस्थाले स्थापनाकालबाटै साहित्य, कला, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन िसचेतना, स्वास्थ्य, कंस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन, सामुदायिक विकासका कार्यमा सक्रिय हुँदै आएको आईतबार समाजको मालेपाटनस्थित कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
उनले विगतकाे बिरासतलाई जोगाउँदै र निरन्तरता दिदैं यसपटक पनि मौलिक संस्कृतिको जगेर्ना र प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताईन् ।
प्रतियोगितामा सहभागि हुन चाहने महिला दिदिबहिनीहरुले मौलिक लयमा आधारित तिजगीत र नृत्य प्रस्तुत गर्नुपर्नेछ । यसो गर्नाले मौलिक गीतले प्रवर्धन र संरक्षण हुने, प्रतिभावान कलाकारहरुले अवसर पाउने, सामाजिक एकताको काम गर्ने, पर्यटनको प्रवर्धन तथा समुदायमा सकारात्मक प्रभाव पार्ने आयाेजककाे विश्वास छ ।
प्रतियोगिताले नयाँ पुस्तालाई उत्साही बनाउने अपेक्षा गरिएको छ । युवा पुस्तामा आफ्नो संस्कार, संस्कृतिप्रतिको मोह जगाउने, अन्य संघ, संस्थाहरुसंगको सांस्कृतिक गतिविधि बढाउन सेतुको रुपमा रहने, विपन्न, महिला तथा विपन्न समुदायको सहभागितालाई सुनिश्चित गरिएको छ ।
कार्यक्रममा यसपटक पनि कास्की जिल्लामा रहेका अब्बल महिलाहरु मध्येबाट एकजनालाई श्रष्टा सम्मान गर्ने कार्यक्रम रहेको कोईरालाले जानकारी दिईन् ।
कार्यक्रमलाई सफल पार्नका लागि युनाईटेड रेफरेन्स ल्याबोरेटरी, यु.आर.एल पोखरा ८ ले मुख्य प्रायोजन गरेको छ । भानु मेशिनरीको सहप्रयोजन रहेको छ । यस्तै माता श्री जयलक्ष्मी सुनचाँदी दुकानको मुख्य सहयोग गरहेको छ । पोखरा महानगरपालिका वडा नं ५ को विशेष सहयोग रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.४० हजार र प्रमाणपत्र, द्वितिय हुने समूहलाई नगद रु.३० हजार र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद रु. २० हजार र प्रमाणपत्र दिईनेछ । यस्तै सान्तवना हुने समूहलाई नगद रु. १० हजार प्रमाणपत्र, उत्कृष्ट भेषभुषा र नृत्यलाई नगद रु. तीन/ तीन हजार प्रदान गरिने भएको छ ।
प्रतियोगितामा १६ समूहले भाग लिने अपेक्षा गरिएको छ । आयोजकका अनुसार एउटा समूहमा ८ जना हुनुपर्नेछ । समूह दर्ताको अवधि भदौ ५ गतेसम्म रहेको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि रुपैयाँ ६ लाख ४५ हजार खचै हुने अनु्मान गरिएको छ भने ६ लाख ५९ हजार आम्दानी हुने अनुमान गरिएको छ । कार्यक्रमबाट १४ हजार रुपैयाँ बचत हुने अनुमान रहेकाे र सो रकमलाई सहिद स्मृति पुस्तकालय संचालनमा खर्च गरिने भएकाे छ ।
कार्यक्रमलाई सम्पन्न गर्नका लागि अध्यक्ष सावित्री कोईरालाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ११ वटा उपसमितिहरु बनाईएको छ । पत्रकार सम्मेलनमा संस्थाका महासचिव दिपकप्रसाद बराल, युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बाेलेका थिए ।
यसैबीच, समाजका सल्लाहकार भोलानाथ ढकालले संस्थाको अक्षयकोषमा सहयाेग रकम प्रदान रकम प्रदान गरेका छन्। उनले शहीद स्मृति पुस्तकालयका लागि पनि रु. २५ हजार १ सय ११ रुपैयाँ संस्थाका अध्यक्ष सावित्री काेईरालालाई हस्तान्तरण गरेका हुन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19323, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३, बिहीबार ०६:२८गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने
समाचार२०८३ बैशाख २, बुधबार १७:१७सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन
समाचार२०८३ बैशाख २, बुधबार ०५:२३पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन






