धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

धादिङ, भदौ २ ।
धादिङको धुनिवेशी नगरपालिका–८, खानिखोला नजिकै पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आज बिहान आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक सुवास हमालका अनुसार बिहान करिब १०ः२० बजे बाराको अम्लेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको ट्याङकरमा इन्जिनको तार सर्ट भई आगलागी भएको हो ।
ट्याङकरमा करिब २० हजार लिटर पेट्रोल लोड गरिएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रमुख प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा १८ जनाको प्रहरी टोली खटिएको थियो। स्थानीय, प्रहरी र दमकलको सहयोगमा करिब १०ः३० बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।
आगलागीमा कुनै मानवीय क्षति नभएको र इन्जिनको तारमा मात्र क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। सो घटनाले सडक आवागमनमा कुनै अवरोध नपरेको पनि प्रहरीले स्पष्ट पारेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








