धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

धादिङ, भदौ २ ।
धादिङको धुनिवेशी नगरपालिका–८, खानिखोला नजिकै पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा आज बिहान आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक सुवास हमालका अनुसार बिहान करिब १०ः२० बजे बाराको अम्लेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको ट्याङकरमा इन्जिनको तार सर्ट भई आगलागी भएको हो ।

ट्याङकरमा करिब २० हजार लिटर पेट्रोल लोड गरिएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रमुख प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा १८ जनाको प्रहरी टोली खटिएको थियो। स्थानीय, प्रहरी र दमकलको सहयोगमा करिब १०ः३० बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।

आगलागीमा कुनै मानवीय क्षति नभएको र इन्जिनको तारमा मात्र क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। सो घटनाले सडक आवागमनमा कुनै अवरोध नपरेको पनि प्रहरीले स्पष्ट पारेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =  

Protected by Spam Master