नेपाल पर्वतारोहण संघको निर्वाचनः सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै माओवादी–रास्वापा गठबन्धनका फुर गेल्जे शेर्पा विजयी

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फुर गेल्जे शेर्पा विजयी भएका छन् । संघको निर्वाचनबाट प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो । फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् ।फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूका साझा उम्मेदवार हुन् । गुरुङ भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूको तर्फबाट उम्मेदवार बनेका थिए ।वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा विजयी भए । उनले ३५९ मत पाए । अर्का प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत पाए ।द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत पाए ।
महासचिव पदमा राजेन्द्रबहादुर लामा विजयी भए । उनले ३१८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए । यसैगरी शिव सापकोटाको पक्षमा ६८ मत पर्यो ।सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुबीच आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।सदस्यहरुमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६०), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) मत पाएका छन् ।
सभारःअनलाईन खबरबाट
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने