प्रतिभामा कक्षा एकका बालबालिकाको प्रतिभा प्रस्फुटन

पोखरा । पोखरा–३ नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत बालबालिकाहरुले आफ्ना कला र क्षमता प्रस्तुत गरेका छन्।
विद्यालयको मन्टेश्वरी ब्लकअन्तर्गत आयोजित ‘Talent Show’ मा विद्यार्थीहरूले नृत्य, गीत तथा कविता वाचनमार्फत आफ्नो प्रतिभा देखाए ।
कार्यक्रममा अधिकांश विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका साथ ट्रफी प्रदान गरिएकाे थियाे ।
साथै वैशाखदेखि साउन महिनासम्म हरेक सेक्सनबाट उत्कृष्ट छानिएका १/१ जना विद्यार्थीलाई ‘Student of the Month’ को रूपमा ट्रफीसहित सम्मान गरिएको छ।
कक्षा एकमा अहिले चार सेक्सनमा पढाइ सञ्चालन हुने गर्दछ ।

मन्टेश्वरी व्लकअन्तर्गत नै कक्षा नर्सरी, एलकेजी र युकेजीका बालबालिकालाई पनि ‘Student of the Month’ ले सम्मान गरिएकाे छ ।
विद्यालयकी मन्टेश्वरी व्लक काेअर्डिनेटर निर्मला सुवेदीले सिर्फ किताब पढाएर मात्र नानीहरूको समग्र विकास नहुने बताईन् । नाच, गान, कविता जस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाउँछ र भविष्य उज्यालो बनाउन मद्दत गर्ने उनकाे विश्वास छ ।
उनले भनिन्- ‘बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि शैक्षिक क्रियाकलापसँगै बाह्य गतिविधि पनि अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’

शैक्षिक गतिविधिसँगै बाहिरी सहकार्यात्मक कार्यक्रमहरूलाई पनि महत्व दिँदै आएको विद्यालयले यस किसिमका आयोजनाले बालबालिकाको चौतर्फी विकासमा टेवा पुर्याउने विश्वास लिएको छ।
शुक्रबार विद्यालयमा आयाेजित कार्यक्रमको निर्णायक नृत्य प्रशिक्षक विनु कार्की थिईन भने कार्यक्रम सञ्चालन शिक्षिकाद्वय शोभा गुरुङ र सुस्मिता श्रेष्ठले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19439, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’
समाचार२०८२ चैत्र २८, शनिबार २०:२४विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य








