कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपियो

कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपियो

काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले सञ्चालनमा ल्याएको कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपिएको छ । ‘अडि–२’ नाम दिइएको उक्त हलको उद्घाटन बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे ।

१०१ सिट क्षमताको ‘अडि–२’ मा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, लक्जरी सिट र थ्रीडी प्रविधि जडान गरिएको सञ्चालक महर्जनले जानकारी दिए । चलचित्र संघका अध्यक्ष समेत रहेका महर्जनले कीर्तिपुर सिनेप्लेक्सलाई पहिलेको पुरानो ‘कीर्तिपुर हल’ पुनःनिर्माण गरी आधुनिक स्वरूपमा सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार दुई पर्दे हल सञ्चालन गर्ने योजना पहिले देखिनै भए पनि कोरोना लगायतका कारणले सुरुमा मात्र एक पर्दा सञ्चालनमा आएको थियो । दर्शकको चाप बढ्दै गएपछि सुविधालाई प्राथमिकता दिँदै दोस्रो पर्दा थपिएको हो ।

“हामीले पर्दा मात्र थपेका छैनौँ, हललाई अत्याधुनिक सुविधासहित पूर्ण रूपमा आधुनिक बनाएका छौँ,” महर्जनले भने, “अब दर्शकले आरामदायी वातावरणमा चलचित्रको मज्जा लिन सक्नेछन् ।”

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =