एमालेको दोश्रो विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौँ- नेकपा एमालेको दोश्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । भोलिदेखि शुरु हुने महाधिवेशनका लागि गठित बिभिन्न ८ वटा उपसमितिले महाधिवेशनको आवश्यक तयारी पुरा गरिएको जनाएका छन् ।
विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक ३ सय १५ गरी २ हजार ३ सय ४१ जनाको सहभागिता रहने छ ।
ललितपुरको गोदावरी स्थित सनराइजहलमा आयोजना हुने विधान महाधिवेशनका लागि महाधिवेशनस्थल सिगार्ने र मञ्च निर्माण लगायतका व्यवस्थापनको काम भैसकेको छ ।
महाधिवेशनस्थलमा स्वागत द्वारका साथै हल भित्र र बाहिर आवश्यक सजावट गरिएको छ । महाधिवेशन स्थलमा संचारकर्मीहरुलाई आवश्यक सुचना प्रवाह गर्ने ब्यवस्था पनि मिलाइएको छ ।
महाधिवेशमा सहभागी पाहुना र प्रतिनिधिहरुको स्वागतका लागि सातदोबाटोदेखि गोदावरीसम्म ११ वटा स्वागत द्वार बनाइएको छ।
महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार (भोलि) उद्घाटन गर्नुहुने छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?







